मानसिक सन्तुलन गुमाएपछि डेढ वर्षयता काठ र तारजालीको खोरमा बन्धक बनाई राखिएकी द्रि्रुङ चुईचुम्मा गाँउपालिका-६ की ३३ वर्षीया रमिला तामाङलाई गाँउपालिकाले पुस ३ गते उद्घार गरेको छ ।
०७४ असार १४ गतेदेखि बन्धक बनाईएकी पीडितलाई उद्घार गरे लगत्तै गाँउपालिकाले पति मणिकुमार तामाङको साथ लगाएर उपचारका लागि काठमाडौँ पठाएको गाँउपालिकाका प्रमुख भूपेन्द्र राईले बताए ।
पीडितले सामाजिक सञ्जालमा आफू मानसिक सन्तुलन गुमाएको बिरामी नभएको भनी फेसबुकमा स्टाटस राखेपछि गाँउपालिकाले उद्घार गरेको प्रमुख राईले बताए ।
पीडित महिलको सम्पूर्ण उपचार खर्च गाँउपालिकाले ब्यहोर्ने निर्णय भएको प्रमुख राईको भनाई छ ।
बिरामी भएपछि पत्नीले गाँउघरमा खुकुरी बोकेर हिँड्ने र बालबालिकालाई कुट्ने गरेकाले खोरमा थुनेर राखिएको पीडितका पति मणिकुमार तामाङले बताए ।