२६ र २७ वर्षीया महिलालाई बेचबिखन गर्ने उद्धेश्यले भारततर्फ लैजाँदै गरेको अवस्थामा माइती नेपालको सहयोगमा नेपाल प्रहरीले गैँडाकोट नपा–१७ की २३ वर्षीया निशा बोटे र बर्दघाट नपा–६ का ३० वर्षीय जीवन बिकलाई पुस १ गते गिरफ्तार गरेको छ ।
पीडितहरूलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सई माधवप्रसाद भण्डारीले बताए ।
पीडितद्वयलाई आरोपितद्वयले वैदेशिक रोजगारीको लागि ओमन पठाउने भन्दै जिल्लाको सिमा नाका भारततर्फ लैजान लागेको प्रहरीको आरोप छ ।