INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्ष कैदको फैसला

२३ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले पुस २ गते दुई जनालाई जनही १० वर्षको कैद फैसला सुनाएको छ ।

पीडित युवतीलाई ०७५ असार १० गते बलात्कार गरेको आरोपमा गिरफ्तारीमा परेका भारतको जिल्ला पश्चिम चम्पारण बेतिया थाना भङ्गाहा पञ्चायत भङ्गाहा धुमाटार–३ का १८ वर्षीय छोटु साह तुराहा र सोही पञ्चायतको वडा नं. ४ का ३६ वर्षीय प्रदिप सरकारलाई उक्त सजाय सुनाइएको अदालतका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए ।

आरोपितद्वयलाई असार ११ गते गिरफ्तार गरी मुद्दा चलाइएको प्रहरीले जनाएको छ । पीडित युवतीको स्वास्थ्य परीक्षण असार १४ गते भरतपुर अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो