INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण तथा बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

१४ वर्षीया बालिकालाई तिरहुत गाउँपालिका–४ लोहजराका १८ वर्षीय चतुरलाल मण्डलले अपहरण गरी बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरुपमा पुस १ गते उजुरी दर्ता गरिएको छ ।

पीडितका बुवाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा मङ्सिर २८ गते दिएको उजुरी दर्ता गरी पीडितको स्वास्थ्य परीक्षण गरिएको इन्स्पेक्टर प्रतिक विष्टले जानकारी दिए ।

आरोपितले ललाइफकाई अपहरण गरी मङसिर ४ गते बलात्कार गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ ।

पीडित बालिकाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा मङ्सिर २८ गते स्वास्थ्य परीक्षण भएको अस्पतालले जनाएको छ । प्रहरीले आरोपित र सहयोगीको खोजी गरिरहेको जनाएको छ ।

अन्य

भिडियो