INSEC Online

📅 २०८३ जेष्ठ २१

आन्दोलनका क्रममा पर्सामा ११ सरकारी कार्यालयमा तोडफोड र आगजनी

जेनजीको आन्दोलन क्रममा ०८२ भदौ २४ गते ११ सरकारी कार्यालयहरुमा तोडफोड तथा आगजनी गरिएको छ । आन्दोलनकारीहरुले ११ ओटा सरकारी कार्यालय, नौ ओटा प्रहरी कार्यालय र सात जना नेताका घरमा क्षति तोडफोड र आगजनी गरेका छन् ।

मधेस प्रदेशको एक मात्र महानगरपालिका ‘वीरगंज’ मा १६ ओटा सवारी साधनसहित त्यहाँ राखिएका दुई ओटा नीजि सवारी गरी १८ ओटा सवारी साधनमा क्षति पुर्‍याइएको छ । तोडफोड र आगजनीमा दुई ओटा महानगरका एम्बुलेन्स सहित सबै सवारी जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । महानगरको भवन तर्फ मेयरको सचिवालय भवन सहित सात ओटा भवनमा क्षति पुगेको छ । सात मध्ये तीन ओटा भवन कामै नलाग्ने गरी क्षति भएको महानगरपालिकाले जनाएको छ ।

Photo 2025-09-20 Parsa (8)

नेपाल टेलिकम वीरगञ्ज शाखा, आन्तरिक राजश्व कार्यालय, महानगरपालिकाको १०, १४, २६ नम्बर वडा कार्यालय, जिराभवानी गाउँपालिका कार्यालय, वीरगञ्ज कारागार, बालसुधार गृह, पोखरिया नगरपालिका, उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा पनि आन्दोलनकारीहरुले तोडफोड र आगजनी गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख तोय नारायाण सुवेदीले बताउनु भयो ।

Photo 2025-09-20 Parsa (1)

आन्दोलनकारीले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, पूर्वमन्त्रीहरु राजकुमार गुप्ता, अजय चौरसिया, प्रदीप यादव, संविधान सभा सदस्य अनिल रुंगटा, मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दी र जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीका नीजि घर तथा सम्पतिमा तोडफोड, लुटपाट र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय पर्साले संकलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

क्षतिग्रस्त संरचनाको सङ्ख्यात्मत तथ्याङ्क सङ्कलन भए पनि ती संरचना तथा सवारी लगायतमा पुगेको क्षतिको लागत सङ्कलन भने भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख सुवेदीले बताउनु भयो । क्षति भएका संरचनाहरुको पहिचान भए पनि लागतको अनुमानित विवरण नभई ठोस सङ्कलन गर्न एउटा छुट्टै समिति बनाइएको उहाँले बताउनु भयो ।

Photo 2025-09-20 Parsa (3)

आन्दोलनका क्रममा सरकारी सम्पति र व्यक्तिको नीजि सम्पतिमा क्षति भएको प्रारम्भिक अनुसन्धानले आन्दोलनकारीको नाममा घुसपैठ भएको जिल्ला प्रहरी कार्यालय, पर्साका एसपी गौतम मिश्रले बताउनु भयो । प्रविधिको युगमा जेनजी आन्दोलनकारीलाई देखाएर भएका तोडफोड, आगजनी र लुटपाटमा संलग्न पहिचान हुने क्रम पनि खुलिरहेको एसपी मिश्रको भनाइ छ ।

Photo 2025-09-20 Parsa (4)

आन्दोलनकारीले जिल्लामा नौ ओटा प्रहरी कार्यालयको संरचनामा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालले बताउनु भयो । ती संरचनाहरुमा इलाका प्रहरी कार्यालय सुगौली बिर्ता, प्रहरी चौकी गण्डक, प्रहरी चौकी खेस्राहा, अस्थायी प्रहरी पोष्ट घण्टाघर, शिवपार्वती, रानीघाट, इनर्वा गाउँ, सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया, सामुदायिक प्रहरी सेवा केन्द्र ग्रिनसीटी लगायत रहेका छन् । क्षतिग्रस्त प्रहरी पोष्ट, चौकी र ईलाका प्रहरी कार्यालयमा प्रहरी पठाइ पुनः सेवा सुचारु गरिएको एसपी लम्सालले बताउनु भयो ।

 

Photo 2025-09-20 Parsa (2)

 

 

Photo 2025-09-20 Parsa (5)

Photo 2025-09-20 Parsa (6)

Photo 2025-09-20 Parsa (7)

 

अन्य

भिडियो