INSEC Online

📅 २०८३ जेष्ठ २१

सप्तरी कारागारबाट भागेका एक कैदी बन्दीको शव फेला

सप्तरी कारागारमा ०८२ भदौ २५ गते आगजनी गरी भागेका कैदीबन्दीहरु मध्ये ३५ वर्षीय सन्तोष कुमार तामाङको शव राजगढ गाउँपालिका–३ नर्घो पूर्वारी कट्टीस्थित नहरबाट पत्थरगाढा जाने सडक छेउमा झुण्डिएको अवस्थामा फेला परेको छ ।

प्रहरी चौकी झुटकीका प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको टोलीले कटहरको रुखमा गम्छाको पासो लगाई झुण्डिएको अवस्थामा तामाङको शव भदौ २८ गते बिहान फेला पारेको हो ।

कर्तव्य ज्यान मुद्दामा २५ वर्षको कैद सजाय भुक्तान गर्दै आएका तामाङ सप्तकोशी नगरपालिका–१० निवासी हुन् । तामाङ ०७५ मङ्सिर १५ गतेदेखि राजविराज कारागारमा कैद सजाय भुक्तान गर्दै आएका थिए ।

शवको पोष्टमार्टम प्रदेशिक अस्पताल राजविराजमा गरिएको छ ।

अन्य

भिडियो