१७ वर्षीया बालिकालाई ०८२ जेठ १३ गते बलात्कार गरी गर्भ पतन गराएको आरोपमा लहान नगरपालिका–२३ का २० वर्षीय सुरज यादव विरुद्ध पीडित पक्षले ०८२ असोज २ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका छन् ।
बालिकाको स्वास्थ्य परीक्षण असोज २ गते प्रादेशिक अस्पताल लहानमा गरिएको छ ।
आरोपित फरार रहेकाले खोज कार्य भइरहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी कैलाश राईले बताउनु भयो ।