३३ वर्षीया महिलालाई ३३ वर्षीय पतिले आफ्नो इच्छा विपरीत मङ्सिर २८ गते राति बलात्कार गरेको आरोपमा मङ्सिर २९ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा पीडितले उजुरी दर्ता गराएकी छिन् ।
आफनो जातीय परम्परा अनुसार ०६१ सालमा विवाह भई १३ वर्षीय र ६ वर्षीय दुई जना छोराको जायजन्म भएकोमा पतिले मादक पदार्थ सेवन गरी कुटपिट गरी बलात्कार गरेको पीडित महिलाको आरोप छ ।
पीडित महिलालाई यसअघि पनि यसरीनै कुटपिट गरी बलात्कार गर्ने गरेको र महिनावारी हुँदा समेत बलात्कार गर्ने गरेकोमा वैवाहिक बलात्कारको कानुनको बारेमा जानकारी नभएकाले यसअघि उजुरी नदिएको पीडितले बताइन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण चन्द्रनिगाहपुर अस्पतालमा मङ्सिर २९ गते गरिएको छ । आरोपितलाई मङ्सिर २९ गते नै गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी युवराज खड्काले बताए ।