१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौमुखि गाउँपालिका— ७ का ७४ वर्षीय थम्मन नेपालीलाई ०८२ असोज ६ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई असोज ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
बालिकाको स्वास्थ्य परीक्षण असोज ६ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको छ ।