INSEC Online

📅 २०८३ जेष्ठ २१

घरायसी विवादमा भाउजुमाथि एसिड प्रहार

विराटनगर महानगरपालिका–९ धोबीयारीमा घरायसी विवादका क्रममा २९ वर्षीया रागिनी साहलाई २२ वर्षीय देवर श्रवण साहले ०८२ असोज ६ गते एसिड प्रहार गरी घाइते बनाएका छन् ।

लेनदेनको विषयलाई लिएर आरोपितले भाउजुमाथि असोज ६ गते एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालयकी डिएसपी कोपिला चुडाँलले बताउनु भयो ।

एसिड प्रहारबाट अनुहारमा जलेर घाइते हुनु भएकी पीडितको विराटनगर महानगरपालिका–१० स्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

भाउजूलाई एसिड प्रहार गरेपछि छोटु भनिने श्रवण साह फरार भएको डिएसपी चुडाँलले बताउनु भयो । आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

भाउजुले लेनदेनका क्रममा १ हजार रुपियाँ नदिएको विषयलाई लिएर आरोपितले भाउजुमाथि एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो