२२ वर्षीया महिलालाई ०८२ असोज ४ गते पहिचान नखुलेका तीन जना युवाहरुले घरमा गएर मुख थुनी खेतमा लगी सामुहिक बलात्कार गरेका छन् ।
युवाहरुले बलात्कार गरी महिलालाई बेहोस अवस्थामा छोडेर फरार भएका पीडितले प्रहरीलाई बताएकी छन् ।
पीडितलाई इलाका प्रहरी कार्यालय धामपुर र स्थानीयको सहयोगमा उद्धार गरी भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि लगिएको थियो ।
आरोपितहरुको नाममा किटानी उजुरी नआएकाले पहिचान हुन नसकेको तर प्रहरीले खोजी तथा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धामपुरका सई राजेन्द्र बस्नेतले बताए ।