१५ वर्षीया बालिकालाई ०८२ भदौ ११ गते बलात्कार गरेको आरोपमा कौडेना गाउँपालिका–५ का २४ वर्षीय सतेन्द्र कुमार यादवविरुद्ध पीडित पक्षले असोज ५ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको छ ।
घटना पश्चात आरोपित यादव फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी सरोज राईले जानकारी दिनु भयो ।
आरोपितले घटना गाउँमै मिलाउनका लागी दबाब दिइरहेको र असोज ३ गते मिलापत्र नगरे ज्यान मार्ने धम्की समेत दिँदै आएको पीडित पक्षले बताएका छन् ।
बालिकाको स्वास्थ्य परीक्षण असोज ५ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।