२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भारत बिहार अर्वल थाना ठेगारीग्रामका ३३ वर्षीय महेन्द्र यादवलाई ०८२ असोज ५ गते रामग्राम नगरपालिका– १० नदवाबाट गिरफ्तार गरेको छ ।
आरोपी महिलालाई असोज ३ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले असोज ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडित महिलालाको स्वास्थ्य परीक्षण असोज ४ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा गरिएको छ ।