२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाग्लुङ्ग जिल्ला निसीखोला गाउँपालिका–७ का १९ वर्षीय युवराज विकलाई ०८२ असोज २ गते बुटवलबाट गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई भदौ ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ३० गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण भदौ ३० गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।