INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुखिपुर नपा–६ का २० वर्षीय ओमकुमार साह र २० वर्षीय रोशन यादवविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय महेसपुर पतारीमा मङ्सिर २७ गते उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपित द्वयले मङ्सिर २६ गते सामूहिक बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

पीड़ित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा मङ्सिर २७ गते गरिएको प्रहरीले जनाएको छ ।

आरोपितहरू फरार रहेकाले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधवराज खनालले बाताए ।

अन्य

भिडियो