INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

आठ वर्षीया बालिका बलात्कार कसुर ठहर गर्दै जिल्ला अदालतले मङ्सिर २५ गते बबइ गाँउपालिका–६ का ६९ वर्षीय बुद्धिराम थापालाई पाँच वर्ष कैद फैसला गरेको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पाँच वर्ष कैद र पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

आरोपितले वैशाख १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए ।

प्रहरीले घटना लगत्तै आरोपितलाई गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १७ गते राप्ती उपक्षेत्रीय अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो