INSEC Online

📅 २०८३ जेष्ठ २१

नगरपालिकाका कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा सेवा ठप्प

इनरूवा नगरपालिकाका निमित्त प्रमुख प्रकाशकीय अधिकृत इन्द्रानन्द शाहलाई सोही नपा–४ का ३५ वर्षीय राजीव मेहताले मङ्सिर २५ गते कार्यकक्षमै दुर्व्यवहार गरेको आरोपमा कर्मचारीहरूले सेवा ठप्प पारेका छन् ।

राष्ट्रिय जनता पार्टीको नेता बताउने मेहताले ५७ वर्षीय इञ्जिनियरसमेत रहेका निमित्त प्रशासकीय अधिकृत शाहलाई घरको नक्सा पासको विषयलाई लिएर कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

तोकिएको मापदण्ड भन्दा बाहिर गएर घरको नक्सा पास गर्न नसकिने भन्दा आरोपितले कुटपिट गरेको निमित्त प्रशासकीय अधिकृत शाहको भनाई छ ।

पीडित शाहलाई बिहान १० बजे कुटपिट गरेको र काम गर्ने वातावरण नभएको भन्दै १० ओटै वडा कार्यालयका काम ठप्प पारेको कर्मचारीले बताएका छन् ।

यसैबीच प्रहरीले कुटपिट घटनाका आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र फूयालले बताए ।

कुटपिटबाट निमित्त प्रकाशकीय अधिकृत शाहको गाला सुन्निएको छ । साथीहरूले बचाएर मात्र आफू बाँचेको नत्र मारिदिने धम्कीसहित आक्रमण भएको पीडितको भनाई छ ।

अन्य

भिडियो