INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बेचबिखनका लागि भारततर्फ लैजाँदै गरेको आरोपमा प्रहरीले कपिलवस्तु जिल्ला वाणगङ्गा नगरपालिका–१० का ३० वर्षीय लक्ष्य दर्जीलाई मङ्सिर २३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई नेपाल भारत सिमाना पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर नाकाबाट उद्धार गरी आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई माधवप्रसाद भण्डारीले बताए ।

अन्य

भिडियो