INSEC Online

📅 २०८३ जेष्ठ २१

भ्रष्टाचार विरूद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा अधिकारकर्मीहरूद्वार ध्यानाकर्षण

भ्रष्टाचार विरूद्धको अन्तराष्ट्रिय दिवस (डिसेम्बर ९) का अवसरमा मङ्सिर २३ गते विभिन्न जिल्लामा इन्सेक प्रतिनिधिसहितको टोलीले ध्यानाकर्षण गराएका छन् ।

इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार इन्सेक सहित विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूले स्थानीय तह भ्रष्टाचार मुक्त, जबाफदेही र सुःशासनयुक्त हुनुपर्ने भन्दै सन्धिखर्क नगरपालिकामा ध्यानकर्षण पत्र बुझाएका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द केसीले भ्रष्टाचारले समाज विकास र समृद्धिमा बाधक भएको हुँदा यसको नियन्त्रणको लागि सरकारी निकाय र नागरिक समाजको अहम् भूमिका हुने भन्दै अधिकारकर्मीहरूलाई धन्यवाद दिए । साथै उनले सन्धिखर्क नगरपालिका भ्रष्टचारमुक्त बनाउन सक्दो प्रयास र पहल गर्ने प्रतिबद्धता व्याक्त गरे ।

photo20181209arghakhanchi

इन्सेक धादिङ जिल्ला प्रतिनिधि सिताराम अधिकारीका अनुसार भ्रष्टाचार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मङ्सिर २३ गते धादिङबेसीमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले आफ्नो गाउँमा भएको निर्माणसम्बन्धी काममा अनियमित भएको देखेको भन्दै यसका विरूद्ध आफैँ लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले गल्छी गाउँपालिका अन्तर्गत साविकको कल्लेरी गाविसमा भइरहेको निर्माणको काममा कम गुणस्तरको सिमेन्ट प्रयोग भएको अनुगमनबाट भेटेकोले सो काम रोक्न अनुरोध गर्दा बेवास्ता गरेका कारण अनियमित कामलाई भत्काउने प्रतिबद्धता गरेका हुन् ।

कुनै पनि काममा लापर्वाही गरेमा त्यसलाई तत्काल प्रतिवाद गर्दै भ्रष्ट्राचारलाई शुन्य सहनशिलताको आधारमा आफू अघि बढ्ने भएकोले सबैलाई आफू सच्चिएर अरूलाई पनि सदाचार अपनाउन आग्रह गरे ।

नागरिक समाजको तर्फबाट प्रमुख जिल्ला अधिकारी पाण्डेलाई ध्यानाकर्षणपत्र बुझाउँदै भ्रष्टाचार नियन्त्रणका लागि यसअघि बनेका कानुनहरूको अक्षरशः पालना गर्न, प्रदेश तथा स्थानीय तहमा अनुकूल हुनेगरी भ्रष्टाचारविरूद्धका कानुनी संरचना अविलम्ब निर्माण गरी लागु गर्न, प्रदेश तथा स्थानीय तहमा भ्रष्टाचार हुने जोखिमयुक्त स्थानको पहिचान गरी निगरानी बढाउन, ठेक्कापट्टा सम्बन्धी निर्णय पारदर्शी ढङ्गबाट निरूपण गर्न, स्थानीय सरकार सञ्चालनमा जबाफदेहिता र पारदर्शिता बढाउने हेतुले निर्वाचित जनप्रतिनिधिहरूबाट हस्तक्षेपकारी भूमिका बढाउन, सरकारी सेवा प्रवाहमा विद्युतीय प्रविधिको व्यवस्था अपनाउन, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलतालाई व्यवहारमा लागु गर्न,  राजनीतिक तथा प्रशासनिक नेतृत्वले ‘म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न’ भनेर सार्वजनिक प्रतिबद्धता जनाउन माग गरिएको थियो ।

ध्यानाकर्षण पत्र सिद्धलेक गाउँपालिका प्रमुख प्रेमनाथ सिलवाल र नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुङ्गानालाई समेत बुझाइएको थियो ।

सिलवाल र ढुङ्गानाले भ्रष्टाचार विरूद्धमको अभियानमा आफूहरू नागरिक समाजसँग हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका थिए ।

ध्यानाकर्षण पत्र इन्सेक, डेक नेपाल, नेपाल पत्रकार महासङ्घ, दलित सेवा सङ्घ, ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपाल मानव अधिकार सङ्गठन लगायतका २० संस्थाहरूले बुझाएका थिए ।

photo20181209dhading

अन्य

भिडियो