INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या कसुरमा जन्मकैदको फैसला

३४ वर्षीया पत्नीको हत्या गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले मङ्सिर १६ गते घोराही उपमनपा-१७ का ४५ वर्षीय ऋषिराम चौधरीलाई जन्मकैदको फैसला गरेको छ ।

न्यायाधीश इश्वरीप्रसाद गौतमको इजलासले चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको अदालतका श्रेस्तेदार दामोदर घिमिरेले बताए । घिमिरेका अनुसार जन्मकैद तोकिए पनि २० वर्षकैद भुक्तान गरिनेछ ।

आरोपितले मादक पदार्थ सेवन गरी ०७५ असार ३० गते कुटपिट गर्दा पीडितको मृत्यु घटनास्थलमै भएको थियो ।  शवको पोष्टमार्टम असार ३१ गते राप्ती उपक्षेत्रीय अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो