१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका–५ का २० वर्षीय अरुण चौधरीलाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर १० गते बलात्कार गरेको भन्दै पीडितले मङ्सिर ११ गते इलाका प्रहरी कार्यालमा उजुरी दिएकी थिइन् ।
मङ्सिर १० गते नै पीडितले प्रहरीलाई जानकारी गराएपछि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नेत्रबहादुर बोहराले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ११ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।