INSEC Online

📅 २०८३ जेष्ठ २१

दुर्व्यवहार घटनाका आरोपित इन्स्पेक्टरविरुद्ध निवेदन दर्ता

कलैया उपमहानगरपालिका–४ बेलहिया गउँ निवासी अन्तरपार्टी सञ्जालकी अध्यक्ष ४७ वर्षीया शीला साहलाई दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला तथा बालबालिका सेलमा कार्यरत इन्स्पेक्टर सुरक्षा केसीलाई कारवाहीको माग गर्दै पीडित पक्षले जिल्ला प्रशासन कार्यालय बारामा मङ्सिर ११ गते निवेदन दर्ता गराएको छ ।

अन्तरपार्टी सञ्जालकी अध्यक्ष साहलाई मङ्सिर ८ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रको परिसरमा इन्स्पेक्टर केसीले दुव्र्यवहर गरेको जिल्ला प्रशासन कार्यालय बारामा दर्ता नं. ९८८ रहेको निवेदनमा उल्ललेख गरिएको छ ।

घरेलु हिंसाका घटनामा छलफल भइरहँदा घरेलु हिंसाका आरोपितले पत्नीलाई गालिगलौज गर्दा आफूले गालीगलौज नगर्न र सम्झाउन खोज्दा इन्स्पेक्टर केसीले मेरो हात समातेर मर्काउने कार्य गर्नुका साथै दुर्व्यवहार गरेको पीडित साहले बताइन् ।

इन्स्पेक्टर केसीले शीला साहसँग राम्रो रहेको भन्दै उक्त घटना सम्बन्धमा अनभिज्ञता व्यक्त गरिन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रञ्जितसिंह राठौरले घटना बारे सहजीकरण गरी समस्याको समाधान गर्ने बताए ।

सञ्जालले जिल्ला प्रहरी कार्यालय, बारा र अन्तरपार्टी महिला सञ्जाल केन्द्रिय कार्यालय काठमाडौँमा निवेदनको बोधार्थ पठाएको जनाएको छ ।

अन्य

भिडियो