१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खोटाङ जिल्ला ओटेहाङ गाउँपालिका–१ घर भई हाल स्याङ्जा जिल्ला पुतलीबजार नपा–११ सुम्रेखोला बस्ने ३६ वर्षीय भिमप्रसाद पोख्रेललाई मङ्सिर ५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर ४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितका अभिभावकले मङ्सिर ५ गते प्रहरीमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका डिएसपी प्रकाश विष्टले बताए ।
पीडित बालिकाको स्वास्थ परीक्षण मङ्सिर ५ गते नै जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।