२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको अरोपमा प्रहरीले चौतारा साँगाचोकगढी नपा–७ स्थित पौवाका २० वर्षीय सन्तोष दुलाललाई असोज २३ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले असोज २३ गते बलात्कार प्रयास गरेको पीडितपक्षको आरोप रहेको प्रहरीले जनाएको छ ।
पीडितले असोज २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र पीडित युवतीको स्वास्थ्य परीक्षण असोज २३ गते चौतारा अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।