INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

बोलाई सम्बन्धी अपाङ्गता तथा सुस्तश्रवण भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौरादह नगरपालिका–५ चाँन्दु डिलका ५७ वर्षीय खड्गप्रसाद बराईली, उनका २८ वर्षीय छोरा प्रवीण, २४ वर्षीय अर्का छोरा छत्रमान र छिमेकी ३० वर्षीय पुरूषोत्तम बराईलीलाई मङ्सिर ३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाले प्रहरी समक्ष आफैँले मौखिक उजुरी गरेपछि आरोपित चार जनालाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यलय दमकका इन्स्पेक्टर खगेन्द्र एक्तेनले बताए ।

पीडित बालिकाले पीडा सहन नसकेर पटकपटक आमालाई प्रहरी कार्यालय जान भनेपनि सुस्तश्रवण भएकी आमाले वास्ता नगरेपछि पीडित बालिका आफैँले प्रहरीलाई घटनाको बारेमा जानकारी दिएको इन्स्पेक्टर एक्तेनले बताए ।

पीडित बालिकालाई आरोपितहरूले कात्तिक १० गते यता पटकपटक बलात्कार गरेको पीडित बालिकाको भनाई छ ।

पीडित बालिकाका बावु लामो समयदेखि परिवारको सम्र्पकमा नरहेको प्रहरीको भनाई छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ३ गते मेची अञ्चल अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो