०४० वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले व्यास नपा–२ का ३० वर्षीय बिसन रानालाई मङ्सिर २ गते गिरफ्तार गरेको छ ।
कात्तिक २५ गते देउसी भैलोको कार्यक्रम सकेर महिलालाई घर पुर्याउन गएका रानाले व्यास नपा–१ को भतेरी ढोडेखोल्सी भन्ने स्थानमा पुगेपछि मोटरसाइकल रोकेर बलात्कारको प्रयास गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय, तनहुँमा कात्तिक २६ गते उजुरी दिएकी थिइन् ।
पीडितको उजुरीको आधारमा आरोपित रानालाई दमौली बजारबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, तनहुँका सई मनोज पाण्डेले बताए ।