१४ वर्षीया अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले ढिलो गरी उजुरी दिँदा आरोपित फरार भएको प्रहरीले जनाएको छ ।
बराहक्षेत्र नगरपालिका-३ का २१ वर्षीय उमेश विष्टले कात्तिक २९ गते पीडित बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मङ्सिर २ गते प्रहरीमा उजुरी दिँदा आरोपित फरार भएको एसपी राजन अधिकारीले बताए ।
पीडित बालिकाकी भाउजुले घटना ढिलो गरी थाहा पाएको र प्रहरीमा उजुरी दिन ढिला भएको बताइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन चक्रघट्टी स्वास्थ्य चौकीमा गरिएको छ ।