२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको कलकत्ताका ५४ वर्षीय बडिसतो गौतम भट्टचार्यलाई गिरफ्तार गरेको छ ।
उपत्यकाका विभिन्न कलेजमा लेखा विषय पढाउने भट्टचार्यले प्रलोभन देखाएर २२ वर्षीया युवतीलाई पटकपटक बलात्कार गरेको भनी प्रहरीमा उजुरी परेपछि भट्टचार्यलाई महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीले गिरफ्तार गरेको हो ।
पछिल्लो पटक काठमाडौं-६, महाँकालस्थित जेसर होटलमा आफू बलात्कृत भएको ती युवतीको दावी छ । प्रहरीले भट्टचार्यमाथि बलात्कार मुद्दामा पाँच दिन म्याद लिएर विस्तृत अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त, बौद्धका डिएसपी नरेन्द्र चन्दले बताए ।