INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

तिलागुफा नपा-७ का २५ वर्षीय मानबहादुर सार्कीलाई जातीय विभेद गर्दै कुटपिट गरेको आरोपमा सोही ठाउँका २८ वर्षीय रविन्द्र शाही र २७ वर्षीय राकेश शाहीलाई जिल्ला प्रहरी कार्यालय कालिकोटले मङसिर १ गते गिरफ्तार गरेको छ ।

पीडित सार्कीलाई आरोपितले असोज २९ गते दलित भएर आफ्नी बहिनीसँग बोलेको भन्दै कुटपिट गरी घाइते बनाएको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कालिकोटमा कात्तिक ३० गते उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद शर्माले बताए ।

आरोपित शाहीकी बहिनी नाता पर्नेसँग बोलेको आरोपमा मरणसन्न हुने गरी कुटेपछि घाइते पीडितको छाति र गर्दनमा चोट लागेका कारण जिल्ला अस्पतालमा उपचार भइरहेको पीडितका आफन्त रमेश चदाराले बताए ।

अहिलेको अवस्थामा पनि छुवाछुत आरोपमा कुटपिट गरेको ठहरेमा जुनसुकै हालतमा कानुनी कारबाही गरेरै छाड्ने डिएसपी शर्माले बताएका छन् ।

अन्य

भिडियो