२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले राप्ती सोनारी गाँउपालिका–१ का २० वर्षीय राजकुमार चौधरीलाई मङ्सिर १ गते गिरफ्तार गरेको छ ।
कात्तिक ३० गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालयमा मङ्सिर १ गते उजुरी दिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेशबहादुर सिंहले बताए । पीडितको स्वस्थ्य परीक्षण मङ्सिर १ गते भेरी अञ्चल अस्पताल नेपलगञ्जमा भएको प्रहरीले जनायो ।