INSEC Online

📅 २०८३ जेष्ठ २१

७ महिने नाबालिका आमासँग प्रहरी हिरासतमा

गौमुल गाउँपालिका–४ की कमला रोकायाकी ७ महिने नाबालिका आमासँगै एक सातादेखि जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा राखिएकी छन् ।

नेपाली कानुनमा १० वर्ष उमेर नपुगेका बालबालिकालाई प्रहरीले हिरासतमा राख्न नपाउने उल्लेख छ । तर, बाजुरामा भने ७ महिने नाबालिकालाई एक सातादेखि आमासँगै हिरासतमा राखिएको प्रति नाबालिकाका आफन्तले आपत्ति जनाएका छन् ।

नाबालिकालाई एक सातासम्म हिरासत राखेर प्रहरीले नै कानुन विपरीतको काम गर्न नहुने अधिवक्ता हर्क खडायतले बताए ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी उद्धबसिंह भाटले भने–‘नाबालिकाकी आमा कमलालाई सोही वडाकी सङ्गीता रोकायाले ठगी गरेको आरोपमा उजुरी दिएपछि नाबालिकाकी आमालाई प्रहरीले गिरफ्तार गरी महिला सेफ हाउसमा राखिएको हो ।’

उक्त वडामा रहेको बाल विकास केन्द्रको कर्मचारी राख्ने विषयमा विवाद गरेपछि सङ्गीताले कमलाविरूद्ध ठगीको उजुरी गरेकोले कमलालाई गिरफ्तार गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो