आफैँले बनाइरहेको बम पड्कँदा विहादी गाउँपालिका–६ शालिग्राम छापमा दुई जना घाइते भएका छन् ।
बम पड्कँदा सोही ठाउँ बस्ने २७ वर्षीय छविलाल घर्ती र १६ वर्षीय समिर राना घाइते भएको प्रहरीले जनाएको छ ।
जेठ ५ गते बेलुकी घरमै जीआई पाइप र सलाईको सहायताबाट सकेट बम बनाइरहेको अवस्थामा विष्फोट भएको जिल्ला प्रहरी कार्यालय, पर्वतका इन्स्पेक्टर राजन राजमाझीले जानकारी दिए ।
विष्फोटमा घाइते भएका घर्तीको प्राथमिक उपचारपछि थप उपचार पाल्पाको मिसन अस्पतालमा भइरहेको र रानाको उपचार पोखरास्थित गण्डकी क्षेत्रीय अस्पताल, पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा भइरहेको इन्स्पेक्टर रायमाझीले बताए ।
घाइते दुवै जनाको प्रहरीको निगरानीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
लुम्बिनी प्रदेशमा १० वटा मानव अधिकारमैत्री कानुन निर्माण
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना भएदेखि हालसम्म मानव अधिकार संरक्षण,