INSEC Online

📅 २०८३ जेष्ठ २१

रामेछाप कारागारमा गोली लागेर दुई कैदीबन्दीको मृत्यु

रामेछाप कारागारमा ०८२ भदौ २६ गते बिहान गोली चल्दा दुई जनाको कैदी बन्दीको मृत्यु भएको छ ।

कैदीबन्दीहरुले विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरूमा मोरङ जिल्लाका ३५ वर्षीय राजकिश्वर यादव र धनुषा जिल्ला भरतपुरका ५८ वर्षीय बिगुरु धोवी रहेका छन् ।

गोली लागेर एकजना कैदी गम्भीर घाइते भएका छन् । अन्य १० जना पनि घाइते भएका छन् । घाइतेको रामेछाप अस्पतालमा उपचार भइरहेको छ । ‘सम्झाउँदा बुझाउँदा पनि नमानेर नाबाजीसहित जेल तोड्न थालेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउन परेको उहाँले बताउनुभयो ।

अहिले कारागारमो अवस्था नियन्त्रणमा आएको थापाले जानकारी दिनुभयो । कारागारमा महिला १६ तथा पुरुष ३ सय १८ गरी ३ सय ३४ जना कैदीबन्दि रहेका छन् ।

अन्य

भिडियो