INSEC Online

📅 २०८३ जेष्ठ २१

ललितपुरमा आन्दाेलनकारीले जलाएकाे घरबाट एक जनाकाे शव भेटियो

जेनजी आन्दोलनका क्रममा ललितपुर महानगरपालिका–२६ सुनाकोठीका २५ वर्षीय सुरज खत्रीको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा जलेर मृत्यु भएको छ ।

दाहालको घरमा आन्दोलनकारीले ०८२ भदौ २४ गते आगजनी गरेका थिए । आगजनी भएको भग्नावशेषमा भदौ २५ गते खत्रीको शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताउनु भयो ।

शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ ।

अन्य

भिडियो