जेनजी आन्दोलनका क्रममा भदाै २४ गते आगजनी गरिएको गण्डकी प्रदेशका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको लेकसाइडस्थित अंशुभरा ग्रुपको भवनमा एक महिलाको शव फेला परेको छ । प्रहरीले भदाै २५ गते बिहान जलेको अवस्थामा शव भेटिएको जनाएको छ ।
यस्तै, विन्दुकुमारका भाइ ध्रुव थापाको नयाँबजारस्थित घरमा रहेको गाडीको स्वरूमभित्र पनि अर्को एक महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार शव पूरै जलेको अवस्थामा फेला परेको हो ।
आन्दोलनकारीले मन्त्री थापाको निजी निवास, अंशुभरा ग्रुप, बगैंचा रिसोर्ट र उनका भाइ ध्रुव थापाको घर तथा गाडीको स्वरूममा तोडफोड, लुटपाट र आगजनी गरेका थिए ।
प्रदर्शनकारीहरुले भदै २४ गते पोखराका प्रमुख सरकारी कार्यालय, सरकारी निवास, मेयर धनराज आचार्य घर, नेता राजीव पहारी घर, भरत पहारीको होटल सरोबर र जितु गुरूङको बरपिपल रिसोर्टमा समेत तोडफोड र आगजनी गरेका थिए ।