INSEC Online

📅 २०८३ जेष्ठ २१

बाँकेका अधिकारकर्मीद्वारा जेनजी प्रदर्शनमा सरकारद्वारा गरिएको ज्यादतीको घोर भर्त्सना

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी) हरुले ०८२ भदौ २३ गते काठमाडौंमा गरेको प्रदर्शनका क्रममा जेनजी पुस्ताको ठुलो सङ्ख्यामा ज्यानजाने गरी तथा सयौंको सङ्ख्यामा घाइते हुनेगरी सरकारबाट अत्यधिक बल प्रयोग भएको क्रुर अमानवीय घटनाको बाँकेका २३ वटा नागरिक संघसंस्था, कानुन व्यवसायी, पत्रकार र अधिकारकर्मीहरुले घोर भर्त्सना सहितको अपिल जारी गरेका छन् ।

अपिलमा विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानव अधिकारको पूर्ण प्रत्याभुती, विचार र अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण प्रदर्शन मार्फत अभिमत व्यक्त गर्न पाउनु पर्ने विषयहरुमा अधिकारकर्मीहरु दृढ रहेको बताइएको छ ।

निशस्त्र प्रदर्शन नियन्त्रण गर्ने अनेकौ तरिका अवलम्बन नगरी अत्यधिक बल प्रयोग गरिदा भएको क्रुर अमानवीय घटनाले मानव अधिकार, लोकतान्त्रिक मूल्य मान्यताको खिल्ली उडाएको छ । लोकतन्त्रमा भएको यस्तो घटना सह्य नहने र घटनाको जिम्मेवारी लिँदै नेपाल सरकारका प्रधानमन्त्रीले राजिनामा दिई घटनाको स्वतन्त्र न्यायिक छानबिन गर्न र दोषीलाई कारबाहीको लागि अपिलमा जोडदार माग गरेको छ ।

प्रदर्शनको क्रममा ज्यान गुमाउने युवाहरुको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो सम्वेदना व्यक्त गरेका छन् । सम्पूर्ण घाइते प्रदर्शनकारीको सिघ्राती शीघ्र निःशुल्क उपचारको लागी नेपाल सरकार समक्ष अनुरोध गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

Photo 2025-09-09 Banke-01

Photo 2025-09-09 Banke-02

अन्य

भिडियो