INSEC Online

📅 २०८३ जेष्ठ २१

जेनजी प्रदर्शनकारीहरुद्वारा चितवनमा तोडफोड र आगजनी

भरतपुर महानगरपालिका–१० स्थित नेकपा एमाले चितवन जिल्ला पार्टी कार्यालयमा प्रर्दशनकारीले आगजनी गरेका छन् ।

भवनमा तोडफोडका साथै फर्निचर सामग्री समेत जलाइएको छ । सोही घटनामा प्रहरीले सात राउण्ड अश्रु ग्यास हानेको छ । भरतपुर महानगरपालिका–१० चौविसकोठीमा प्रहरीको भ्यानमा समेत प्रदर्शनकारीहरुले तोडफोड गरेका छन् ।

प्रदर्शनकारीेले खैरहनी नगरपालिका– ४ स्थित नेकपा एमाले जिल्ला अध्यक्ष कमल पाठकको घरमा मंगलबार दिउँसो तोडफोड गरेका छन् । प्रदर्शनकारीले एमाले बागमती प्रदेश संसदीय दलको नेता जे एन थपलियाको घरमा पनि तोडफोड गरेका छन् ।

त्यस्तै प्रदर्शनकारीले खैरहनी नगरपालिका र रत्ननगर नगरपालिका कार्यालयमा समेत तोडफोड गरेका छन् । माडी नगरपालिकामा प्रवेश गरी प्रधानमन्त्री केपी ओली र राष्ट्रपति रामचन्द्र पौडेलको तस्वीर समेत झिकिएको छ ।

अन्य

भिडियो