सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा मल्लरानी गाँउपालिका – २ का २० वर्षीय केशव घर्तीमगरलाई जिल्ला अदालतले जन्म कैदको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश हिरण्यप्रसाद भण्डारीको ०८२ भदौ २२ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै जन्म कैद, ७ लाख रुपियाँ जरिबाना र ५० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका शाखा अधिकृत डिलबहादुर घर्तीमगरले बताउनु भयो ।
आरोपितले बालिकालाई ०८१ साउन २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परिक्षण साउन २३ गते जिल्ला अस्पताल बिजुवारमा भएको थियो । प्रहरीले आरोपितलाई साउन २३ गते घरबाट गिरफ्तार गरेको थियो ।