सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन् ।
प्रहरी स्रोतका अनुसार ०८२ भदौ २४ गते ललितपुर महानगरपालिका–२६ सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले आगो झोस्नुका साथै ढुंगामुढा गरेका थिए । प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले आगो झोसेको आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख श्यामकृष्ण अधिकारीले बताउनु भयो ।
यसै बीच खुमल्टारमा रहेको प्रहरी बिट पनि प्रदर्शनकारीले तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ ।