अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी, र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूले काठमाडौं तथा नेपालका अन्य स्थानहरूमा ०८२ भदौ २३ गते भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । दूतावासहरुले प्रकाशन गरेको विज्ञप्तिमा प्रदर्शनका क्रममा भएका घटनाहरूका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको र कैयौं घाइते भएको घटनाप्रति संवेदनशील भएको उल्लेख छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछ। हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौं ।