INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

आठराई गाउँपालिका-७ की २२ वर्षीया एलिसा विश्वकर्मालाई ०८२ भदौ ११ गते जातीय विभेद गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका-७ पिप्लेकी ३२ वर्षीया तारादेवी खतिवडालाई भदौ १६ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले आरोपितविरुद्ध भदौ १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजाबाबु ठाकुरले बताउनु भयो ।

आठराई गाउँपालिका-७ नाम्जाङ्गस्थित नाम्जाङ्ग आधारभूत विद्यालयमा ०८२ भदौ ११ गते खाजा खाने क्रममा आरोपित आरोपितले तपाईले छोएको खाना अरूले खान नमानेको भन्दै जातीय विभेद गरेको पीडितको आरोप छ ।

घटनाकी आरोपित प्रधानाध्यापक तारादेवी खतिवडाले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा आफूले सधैँ एलिसा मिससँगै खाजा खाने गरेको तर, भदौ ११ गते भान्साभन्दा अलि अलग बस्न मात्र भनेको बताउनु भयो ।

प्रधानाध्यापकले जातीय विभेद गरेको आरोपमा भदौ १३ गते जात व्यवस्था उन्मूलन मोर्चा, भदौ १४ गते संघीय लिम्बूवान जातीय मञ्च र भदौ १५ गते आठराई सचेत नागरिक समाजले विज्ञप्ति जारी गरी घटनाको विरोध गरेका छन् ।

अन्य

भिडियो