५२ वर्षीया महिलालाई ०८२ भदौ १४ गते सार्वजनिक स्थलमा ‘बोक्सी’ भन्दै गालिगलौज गरेको भन्दै जुगल गाउँपालिका—२ लिदिकी ४० वर्षीया लाकमाई दोङविरुद्ध पीडितले भदौ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।
घटनास्थल पुग्न सदरमुकाम चौताराबाट हिँडेर दुई दिन लाग्ने भएकाले आरोपितलाई गिरफ्तार गर्न तेम्माथान प्रहरी चोकीसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालयका दिनेश गोलेले बताउनुभयो ।