INSEC Online

📅 २०८३ जेष्ठ २१

मोरङ कारागारमा एक कैदीबन्दीको मृत्यु

जिल्ला कारागार मोरङमा रहेकी एक महिला कैदीबन्दीको भएको छ । महिला सेलमा रहेको शौचालय भित्र झुण्डिएको अवस्थामा सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बस्ने ३२ वर्षीया राधा भट्टराई (राधिका) भदौ ११गते बिहान मृत फेला परेकी हुन् । जेलर गौरब ढुंगेलका अनुसार उनलाई कर्तव्यज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले २० वर्ष कैद सजाय सुनाएको थियो । २०८० साल माघ ५ गतेदेखि माेरङ कारागारमा रहेकी उनलाई जिल्ला अदालत सुनसरीले २०८१ कात्तिक ७ गते २० वर्ष कैद सुनाएको थियो ।

भट्टराई दुई नाबालक सन्तानसहित सप्तकोशी नदीको नहरमा हाम फालेकी थिइन् । महिला र एक सन्तानको उद्दार भएको थियो । एक जना सन्तानको मृत्यु भएपछि उनीमाथि कर्तव्य ज्यान मुद्दा चलेको थियो । उनी डिप्रेसनको बिरामी रहेको जेलर ढुङ्गेलले बताउनु भयो।

अन्य

भिडियो