INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

भद्रपुर नगरपालिका-१० सत्रबिगेकी ७२ वर्षीया ज्येष्ठ नागरिक खीनमाया सुवेदीलाई खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले २७ वर्षीय नाति महेश सुवेदीलाई ०८२ भदौ ९ गते गिरफ्तार गरेको छ ।

पैसा माग्दा नदिएको आरोपमा आरोपितले असार १२ गते हजुरआमालाई खुकुरी प्रहार गरी फरार भएका थिए ।

 घटनालगत्तै पीडित पक्षले आरोपितविरुद्ध असार १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितलाई भद्रपुर नगरपालिका-१० सत्रबिगबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजय चौहानले बताउनु भयो ।

खुकुरी प्रहारबाट टाउकोमा चोट लागेर घाइते हुनुभएकी वृद्धाको मेची प्रादेशिक अस्पताल, भद्रपुरमा असार १२ गते उपचार गरिएको थियो ।

अन्य

भिडियो