INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिचान नखुलेको समूहद्वारा विद्यालयमा आगजानी

सिमकोट गाउँपालिका–५ स्थित भिमसेन आधारभूत विद्यालयमा पहिचान नखुलेको समूहद्वारा आगजानी गरिएको छ ।  पहिचान नखुलेको समूहले ०८२ भदौ ७ गते राति आगजानी गर्दा विद्यालयमा क्षति पुगेको प्रधानाध्यापक कालिबहादुर शाहीले जानकारी दिनुभयो ।

पहिचान नखुलेको समूहले विद्यालयको प्रशासन भवनमा लगाइएको ताला तोडफोड गरी पेट्रोल छर्किएर आगजनी गर्दा टेबुल, दराज, बेन्च, विभिन्न कागजपत्रसँगै अन्य भौतिक संरचनामा क्षति पुगेको प्रधानाध्यापक शाहीले बताउनु भयो । विद्यालयमा आगजनी गर्दा भदौ ८ गतेको पठनपाठन प्रभावित भएको उहाँले बताउनु भयो ।

Photo 2025-08-25 Humla

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकजन रावतले आगजनी गर्नेहरुको खोजी गरी कानुनी कारबाही गर्न प्रहरी प्रशासनसँग अनुरोध गर्नुभयो । विद्यालयमा आगजनी भएको विषयमा भदौ ८ गते बिहान खबर प्राप्त भएपश्चात मुचुल्का लगायतका कानुनी प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्स्पेक्टर जङगबहादुर सिंहले बताउनु भयो । उहाँका अनुसार प्रहरी मुचुल्का गरिएपनि क्षतिको पूरा विवरण भने आएको छैन । प्रहरीले आगजनीमा संलग्नहरुको खोजी कार्य जारी राख्दै घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो । उक्त विद्यालयमा आठ जना शिक्षक र एक जना कार्यालय सहयोगी छन् भने १ सय ४४ जना विद्यार्थी अध्ययनरत छन् ।

अन्य

भिडियो