३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका–१२ कोटामा मेडिकल सञ्चालन गर्दैआएका ४५ वर्षीय भारतीय नागरिक जित सत्यदत्तलाई ०८२ भदौ ४ गते गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई भदौ ३ गते उपचारको बहाना बनाएर मेडिकल भित्रै बलात्कार गरेको भन्दै भदौ ४ गते इलाका प्रहरी कार्यालय, सुखडमा उजुरी दिएको इन्सेक प्रतिनिधिसँगको भेटमा पीडितले बताउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, सुखडका डिएसपी दिर्घबहादुर साउदले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ ४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।