INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया महिलालाई बलात्कार तथा कुटपिट गरेको आरोपमा प्रहरीले नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङलाई ०८२ भदौ ३ गते गिरफ्तार गरेको छ ।

गुरुङ विरुद्ध पूर्व पत्नीले ०८२ भदौ १ गते दिएको उजुरीका आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी एवम् सूचना अधिकारी चक्रराज जोशीले बताउनु भयो ।

आरोपितलाई पाँच दिन थुनामा राख्न जिल्ला अदालत ललितपुरले अनुमति दिएको अदालतका स्रेस्तेदार शैलेन्द्र खड्काले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ ३ गते पाटन अस्पतालमा गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि शाक्यले बताउनु भयो ।

अन्य

भिडियो