INSEC Online

📅 २०८३ जेष्ठ २२

झुम्का कारागारका कैदीको उपचारका क्रममा मृत्यु

सुनसरीको झुम्का कारागारमा रहेका कैदी विकास राईको उपचारको क्रममा मृत्यु भएको छ।

लागू औषध सम्बन्धी मुद्दामा थुनामा रहेका राई ०८२ भदाै ४ गते बिहान अचानक बेहोस भएपछि अस्पताल लगिएको थियो।

भोजपुर हतुवागढी गाउँपालिका–८ घर भई हाल धरान उपमहानगरपालिका–१२ मा बस्दै आएका २८ वर्षीय विकास राई ०८१ चैत २६ गतेदेखि झुम्का कारागारमा थुनामा थिए। लागू औषध मुद्दामा २५ हजार रुपियाँ धरौटी तिर्न नसकेका कारण उनी थुनामा रहेको जेलर सुवास लामिछानेले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार, राई भदाै ४ गते बिहान करिब ५:१५ बजे अचानक बेहोस भएर ढलेका थिए। उनलाई तत्काल इनरुवा अस्पताल लगिएको थियो। उपचारका क्रममा बिहान करिब ५:४५ बजे उनको मृत्यु भएको हो।

अन्य

भिडियो