INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकारमाथि आक्रमण

 

जनकपुरधाम उपमहानगरपालिका—१२ स्थित कुवारामपुरमा उपमहानगरपालिकाद्वारा निर्माण गरिएको गौशालामा २०८२ भदौ २ गते जनकपुरधामबाट सञ्चालित सामाजिक फिडका क्यामेरामेन सोही पालिका-४ का २३ वर्षीय कुन्दन मिश्रामाथि रिपोर्टिङको क्रममा पहिचान नखुलेको समूहले आक्रमण गरेको छ ।

क्यामेराम्यान मिश्रमाथि गौशालामा पहिचान नखुलेको समूहले ढुंगा प्रहार गर्दा उनले लगाएको हेलमेट फुट्नुका साथै चोट पनि लागेको पीडित मिश्राले बताउनु भयो।

घटना बारेमा नगर प्रहरीसँग सोधखोज गर्द घटनास्थलमा रहेको सिसिटिभीले काम नगरेको नगर प्रहरीले बताएको छ । समाचार संकलनमा अवरोध गर्दै आफूमाथि आक्रमण गर्ने व्यक्तिलाई कारबाही गर्न उनले माग गरेका छन् । पछिल्लो समय जनकपुरधाम सहित मधेश प्रदेशमै पत्रकारमाथि आक्रमणको घट्ना बढेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी बरुणबहादुर सिंहले भने घटनाबारे जानकारी भएपनि  उजुरी हामी कहाँ नआएको तर कसले किन यस्तो घटना गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको बताउनुभयो।

अन्य

भिडियो