१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा घोराही उपमहानगरपालिका–१० का १९ वर्षीय निरोस चौधरीलाई जिल्ला अदालतले एक वर्ष कैद साजयको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश राजेश्वर अर्यालको साउन ३० गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै एक वर्ष कैद, १० हजार रुपियाँ जरिबाना र पीडितलाई २५ हजार रुपियाँ क्षतिपूर्ति उपलव्ध गराउने फैसला गरेको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।
चौधरीले बालिकालाई ०८१ असार २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २६ गते जिल्ला प्रहरी कार्यालय घोराहीमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण असार २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको थियो ।
प्रहरीले चौधरीलाई असार २६ गते नारायणपुरबाटै गिरफ्तार गरेको थियो ।